• २०८१ बैशाख ७ शुक्रबार

साहित्यकार मनु ब्राजाकीको निधन

kharibot

काठमाडौँ / साहित्यकार मनु ब्राजाकीको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको  छ । उनको निधनबारे साहित्यकार सुनिल पुरीले जानकारी दिएका हुन्  । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्थे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै