• २०८१ बैशाख ७ शुक्रबार

नेवि संघमा विवाद, विद्यार्थी नेता आरोप/प्रत्यारोपमा 

kharibot

भक्तपुर । नेपाल विद्यार्थी संघको विवादलाई लिएर पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लामो समय समयसम्म महाधिवेशनको गतिविधिलाई लिएर वर्तमान कार्यसमिति मौन रहेको भन्दै उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले संघमा देखिएको विवाद अहिलेको नभई २० वर्षअघिको नेतृत्वको गुट÷उपगुटको कारण भएको भन्दै उनले यसअघिको नेतृत्वले आफूले नेवि संघ सम्हाल्दा कुहिएको फर्सी दिएको र यसलाई आफू र अहिलेको नेतृत्वले डाँठ मात्र भए पनि जोगाइराखेको बताए । 

आगामी महाधिवशेन पार्टीभित्रको गुट÷उपगुटका साथै कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै अध्यक्ष महरले यसका लागि केन्द्रीय समितिले आवश्यक तयारी अघि बढाइसकेको जानकारी दिए । उनले नेवि संघको आगामी महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै महाधिवेशनका लागी तयारी भएर बस्न देशभरका सदस्यहरुलाई निर्देशन दिए । 

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले  संघमा देखिएको गुटउपगुटकै कारण संघ धराशायी हुँदै जानुका साथै विभिन्न जिल्ला र केन्द्रमै आपसी द्वन्द्व बढेको बताए । अध्यक्षको मनपरी निर्णयकै कारण वर्तमान अवस्था उब्जिएको भन्दै रिमालले राम्रा कामको समर्थन र गलतको विरोध गरिरहेको बताए । उनले वर्तमान अध्यक्षले आफ्नो मनोमानी नरोके त्यसको कडा प्रतिरोधमा उत्रिने समते चेतावनी दिए । 

कार्यक्रममा नेवि संघ भक्तपुरका पूर्वअध्यक्ष एवं काँग्रेसका युवा नेता  सुरेश श्रेष्ठले  नेवि संघमा गुट÷उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले वर्तमान समयमा नेपाली काँग्रेसले युवाहरुको परिचालन गर्न नसक्दा भोगेको निर्वाचन परिणामलाई पार्टीले आत्मसात् गर्दै गुट÷उपगुट नभई सम्रग पार्टीको हितमा काम गर्नुपर्नेमा जोड दिए । 

पार्टीले आफ्नाभन्दा पनि राम्राको पहिचान गरी जिम्मेवारी दिन नसक्दाको परिणामतर्फ बेलैमा सोच्न नसक्ने र यसले पार्टीभित्र भूकम्प निम्त्याउने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै