• २०८१ बैशाख ७ शुक्रबार

पूर्वप्रधानमन्त्रीहरुले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभो : अध्यक्ष कमल थापा

kharibot

हेटौँडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताएका छन् । 

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले हेटौँडामा राप्रपा, मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले व्यक्तिगत र दलीय स्वार्थका लागि भेट उपयुक्त भए पनि राष्ट्रिय स्वाभिमानविपरीत भएको उल्लेख गरे । 

फरक प्रसंगमा मन्त्री थापाले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जनताले देशमा राजनीतिक स्थिरता र बलियो सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट जनादेश दिएकाले जनमतको कदर गर्दै वाम गठबन्धनलाई सरकार चलाउन दिनुपर्ने बताए । 

उनले प्रदेश नं. ३ को राजधानी हेटौँडा सडक तथा अन्य पूर्वाधारको आधारमा उपयुक्त रहेकाले स्थायी राजधानी हुने बताए । थापाले  देशमा बाम गठबन्धनको सरकार गठन भएपनि लोकतान्त्रिक गठबन्धनको विकल्प नभएको बताए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै