• २०८१ बैशाख ४ मंगलबार

ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धहरुको घोषणा

kharibot

रोम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ ।यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् ।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ ।

इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको यहाँको सरकारले जनाएको छ ।

यहाँका प्रतिबन्धहरुमा रात्रि क्लबहरु र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ ।यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै