• २०८१ बैशाख ७ शुक्रबार

लिलीविरुद्ध पिएसजीको सजिलो जित, नेइमारले गरे गोल 

kharibot

काठमाडौँ । फ्रान्सको लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलीविरुद्ध सजिलो जित हासिल गरेको छ ।

गएराती भएको खेलमा रेलिगेसन जोनमा रहेको लिलीबिरुद्ध ३-० गोलको सजिलो जित निकालेको हो ।

लिलीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेको थियो । युरीले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई अग्रता दिलाए ।

दोस्रो हाफको अन्त्यतिर पीएसजीले लगातार दुई गोल गर्दै तीन शून्यको जित दर्ता गरायो । ७७औं मिनेटमा नेइमारले गोल गर्दा ८७औं मिनेटमा अर्जेन्टाइन मिडफिल्डर जियोभानी लो सेल्सेले गोल गर्दै ३-० को सुनिश्चित गरेका थिए ।

पीएसजीको २४ खेलबाट ६२ अंक जोडेको छ भने दोस्रो स्थानको आलम्पिक मार्सेलीको समान खेलबाट ५१ अंक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै