एक्काइसौं शताब्दीमा विज्ञान र प्रविधिले के-के गर्नेछ ?

खरीबोट

विज्ञान, सूचना र प्रविधिको तीब्र  विकाससँगै एक्काइसौं शताब्दीको सानदार सुरुवात भयो। संसार कोठा कोठामा आयो । प्रविधि हात हातमा । काम सफ्टवेयरमा । हेर्दा हेर्दै पि को दुनियाँ  ई को दुनियाँ भयो । स्थापित कैयन कुराहरु भत्किए । करिव करिव भर्चुव्ल वर्ल्ड र सुपररियालिटीको दुनियाँले वास्तविक दुनियाँलाई निल्न लाग्यो । विज्ञान,  सुचना र प्रविधिले यस अधि स्थापित अधिक बस्तु, संरचना र विधिको पुनः परिभाषिकरण गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिदियो ।

सन् २००४ मा हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरवर्गले आविष्कार गरेको फेसबुकको सुरुआतसंगै सूचना प्रविधि आममानिसको कल्पनाभन्दा बाहिरको कुरा हुन गयो । फेसबुक, इमो, मेसेन्जर, ट्विटर जस्ता सामाजिक सञ्जालको विकासले संसारका मानिसलाई एउटै कोठामा सँगै बसालेको छ । इन्टरनेट, स्मार्टफोन र रोबोटिक्सको कलरमा  दुनियाँ  बदलिएको छ । मानिसलाई स्वचालित यन्त्रले लगभग प्रतिस्थापन गरेको छ । बिद्यालय, उद्योग, कलकारखाना, होटल, बैंक, कम्पनी तथा निर्माण कार्यमा मानिसले गर्ने प्रायः जसो कामहरु रोबोटले गर्न थालेका छन् । अवका दिनमा  गीतका कम्पोजहरू स्रोताको चाहना बुझेर नै रोबोटिकले पस्किन थाल्दैछ । मानवीय कार्यमा रोबोटिक्सको प्रयोग २१औ शताब्दीको मूल आयाम बनेर अगाडि आएको छ । यसमा चाइनिज, जापानीज र अमेरिकनहरु अगाडि छ्न् । मनी र प्रविधि यो शक्तिशाली युगमा कुनै दिन तेलखानी, हतियार र विज्ञानले लिएको ठाउँ अहिले बिग डाटाले लिएको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ विकासको प्रतिस्पर्धा यही गतिमा अगाडि बढ्यो भने त्यो मानिसको सोच, क्षमता र बौद्धिकता भन्दा शक्तिशाली हुनेछ । चालकविहीन सवारीसाधनले इन्धन बचाउने, कुशलता बढाउने, दुर्घटना पनि घटाउने त्यस्तै कृतिम बौद्धिकता डाक्टर (एआइ डक्टर) र नर्सहरू रोग पहिचान, उपचार, शल्यक्रियामा निकै कुशलता देखाउने छन् । चलचित्र साइफाईका फिक्सन कथा कोठाभित्रै बन्ने छन् । प्रत्येक  काम अनलाइन हुनेछन् ।  कृतिम बौद्धिकताले प्रभाव पार्दासम्म मख्ख मानव जाति भावनाजन्य कुराहरू पनि एआइलाई सुम्पन पुगी पक्कै उसलाई नै सुपरह्यूम्यान बनाउने छ कि त्यो भन्दा अगाडि नै स्वतन्त्रता र नियन्त्रण आफैमा लिनेछ भन्ने कुरा हेर्ने पर्ने हुन्छ तर यो पक्कै छ कि प्रायः  सबै कुरा डाटा, कम्प्युटर र जैविक ज्ञानले विस्थापित गर्नेछ । मानवको अर्थ, परिभाषा र अहिलेसम्मको सोचमा पुरै रुपान्तरण हुनेछ। भूमिका ,लक्ष्य र गन्तव्य पुरै परिवर्तन हुनेछ।

बास्तवमा अहिले गुरुत्वाकर्षण तरंग पहिचान गर्न सकिएको हुदा वैज्ञानिकहरूमा थप उत्साहले ब्रह्माण्ड बारेका थप रहस्य पत्ता लगाउन बाटो खोल्ने वैज्ञानिकहरूको अपेक्षा छ। स्ट्रीङ थ्योरीले पूर्णता पाउँनेछ। अहिले नै मंगल ग्रहमा पानी पत्ता लागेको घोषणासमेत गरिसकिएको छ। पृथ्वीबाहेकका आकाशीय पिण्डमा सम्भावित सजीव वस्तुको खोजमा अनुसन्धानहरू जारी छन्। उल्लेखनीय उपलब्धि पनि भएका छ्न्।

अहिले थुप्रै उपलब्धिपूर्ण कामहरू भएका छन् ।एचआईभी संक्रमित मानिसको आयु लम्ब्याउन सकिने ‘एन्टिरेट्रोभाइरल’ औषधिको विकास गरिएको छ। कोभिड १९ कोरोना लगाएतका खोपहरु धमाधम विकास र प्रयोग  भैरहेका छ्न्। अहिले अन्तरीक्ष अध्ययन, अनुसन्धान र गन्तव्यको मुख्य केन्द्र  भएको छ।

मानिसको अनुहारसमेत प्रत्यारोपण गर्न सकिने पद्धति विकास भएपछि नराम्रो अनुहार लिएर जन्मनु परेका, डढेका, पोलेका र काटेका अनुहार लिएर बाँच्न बाध्य मानिसका लागि वरदान साबित भएको छ। जस्तो कि अमेरिकी नागरिक क्यामरको अनुहार बत्तिस ओटै दाँत चिउडो र माथिल्लो भागको प्रतिस्थापन गरिएको थियो। त्यसको लागि थ्री डि प्रीन्टिङ प्रविधिको प्रयोग गरि दाताको अनुहारको उपयोग गरि प्रत्यारोपण गरिएको थियो।

एकाइशौ शताब्दीमा प्रविधिले समेत आहारको काम गरेको कुरा खुलेको छ। डा. सिमिकाङ्ले स्वस्थ्य प्रविधिले दिमागको शक्ति बढाउने सेरोटोनिन,इन्डोर्फिन र अक्सिटोसिन निश्काषन गर्छ भनेर त्यसको पुष्टि गरेका छ्न् ।

खाने पद्धति र आहार र जीवनशैलीमा आमूल परिवर्तन हुदैछ जसमा मानिस ट्वलेट खाएर महिनौ बाँच्ने हुनेछ। मासु लगाएत सबै जसो खाद्य पदार्थ प्रयोगशालामा निर्माण हुनेछ।   त्यस्तै अहिले स्टेम सेल मार्फत विभिन्न रोगको उपचार र मानिसको शरीरमा पाइने कुनै पनि प्रकारका कोष तथा अड्गहरू प्रयोगशालामा उत्पादन गर्न प्रयोग गर्न सकिने भएको छ ।
अहिले आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन्। वंशाणु परिवर्तन गरेर जौको बोटमा मासु उत्पादन गर्ने यो कार्यले सफलता पाउँन लागेको खवर छ।

न्यूरोप्लास्टिसिटि, वा न्यूरल प्लास्टिसिटी, वा ब्रेन प्लास्टिसिटीले मस्तिष्कमा न्यूरल नेटवर्कहरूको वृद्धि र पुनर्गठन मार्फत परिवर्तन गर्ने क्षमता बिकास भएको छ।यसले मस्तिष्क   स्वस्थ विकास, सिक्ने, मेमोरी, र मस्तिष्क क्षतिबाट सुधार  गर्छ जसले अझ चमत्कारीक कार्य गर्छ र यो सव प्रविधिबाट गरिनेछ ।

खासमा क्रोमोजोमभित्रको ‘डीएनए’ ले वंशाणुगत गुण सार्ने गर्छन्। ‘डीएनए’ भित्र पनि ‘जिन’ हरू हुन्छन्। यी जिनले प्राणीको आँखा, छालाको रङ, स्वभाव, शारीरिक बनावट, उत्पादकत्वलाई निर्धारण गर्ने गर्छन्। कम्प्युटर विज्ञान र जीवविज्ञानका क्षेत्रमा भइरहेको द्रुत विकासका कारण जैविक प्रविधि र सूचना प्रविधि एकाकार भै  डिएनएको अणुमा विद्युत् तरङ्ग प्रसारण गर्ने गुण रहेकोले  भविष्यमा अत्यन्त सूक्ष्म र तीव्र विद्युतीय उपकरण कम्प्युटर चिप्स, ट्रान्जिस्टर निर्माणमा हुदैछ । त्यस्तै डिएनएमा आधारित माइक्रो प्रोसेसरहरू शल्यक्रिया गरेर मानव शरीरमा प्रयोग हुने सम्भावना पनि उत्तिकै छ । कुनै दिन यो प्रक्रियालाई विकास गरेर एउटा मानव मस्तिष्कबाट अर्को मानव मस्तिष्कमा विद्युतीय सड़केत प्रसारण गर्न सकिने समेत विज्ञ बताउँछन् यसो भएमा टेलिप्याथी द्वारा हुने संवाद आगामी दिनमा यथार्थ र वैज्ञानिक बन्न पुग्ने निश्चित छ। एक्काइसौं शताब्दीमा  मानव शरीरमा बायो चिप्स जडान गरि सारा ईन्टरनेट कनेक्ट गरि प्रसारण र भण्डारण गर्न सकिदैन भन्न सकिन्न ।

जेनेटिक इन्जिनियरिङ अमेरिकन जैव–रसायनशास्त्रीहरूले सन् १९७० को दशकमा सुरु गरेका थिए।भविष्यमा वंशानुगत रोगको उपचारका लागि मात्र नभएर इच्छानुसार नवजात शिशुको आकृतिप्रकृति परिवर्तन गर्न समेत जिनथेरापी पद्धत्तिको प्रयोग हुने र अहिले शिशुमा बुद्धि विकासका लागि जिम्मेवार डिएनए 'स्मार्ट जिन पत्ता लगाउन सफल भएका छन् । वैज्ञानिकहरू भविष्यमा शिशुको सौन्दर्य, व्यक्तित्व आदिजस्ता अन्य महत्वपूर्ण गुण निर्धारण गर्ने डिएनए पत्ता लाग्नेमा पनि विश्वस्त छन् । निकट भविष्यमा  डिएनएलाई प्रयोगशालामा उत्पादन गरी जिनथेरापी पद्धत्तिबाट संसोधन गरि शिशुको भ्रूण अवस्थामा प्रत्यारोपण गरेर आमाबाबुको इच्छानुसार तीक्ष्ण बुद्धि, आकर्षक व्यक्तित्व एवं अन्य इच्छित गुणले सम्पन्न बच्चा जन्माउन सकिने छ। यसरी आधुनिक आनुवंशिक विज्ञानमा हुने प्रगतिका कारण भविष्यमा आमाबाबुको चाहना अनुसार डिजाइनर शिशु वा स्मार्ट शिशुको जन्म पनि हुने देखिन्छ ।

प्राणीको भ्रूण अवस्थामै डीएनएको जिन हेरफेर गर्न सकिने ‘जेनेटिक इन्जिनियरिङ’ प्रविधि सुरु भएको सानदार शताब्दीमा हामी गर्वित छौं।  यो प्रविधिअनुसार प्राणी र वनस्पतिको जिनलाई प्रयोगशालामा ‘एडिटिङ’ गरिन्छ। यो प्रविधि मानिसका लागि हर्माेन, एन्टिबडी, खोप निर्माणमा प्रयोग भइरहेको छ।कृषि र पशुपालनको क्षेत्रमा  जिन इडिटिङ मार्फत आवश्यक गुण भएका अन्नबाली र पशुपालन उत्पादनमा व्यापक प्रयोग र उपलब्धि हासिल भइरहेको छ।

चिनियाँ वैज्ञानिकले सन् २०१८ मा पहिलोपटक मान्छेको जिन एडिटिङ गरेर बच्चा उत्पादन गरे। यद्यपि यो प्रक्रिया विरोधाभासपूर्ण भएको थियो। गैरकानुनी थियो।  त्यसमा अमेरीकिहरुले बिरोध गरे। किनकि जेनेटिक इन्जिनियरिङ मान्छेमाथि प्रयोग गर्ने भन्ने सम्बन्धमा प्राकृतिक, नैतिक प्रश्नहरू उठे।  र निशेध समेत गरिएको छ तर त्यो फुक्का हुनेछ या लुकिचोरी अध्ययन र अनुसन्धान र उत्पादन त हुन्छ नै। जो अहिले पनि भैरहेको छ। मानिस अमर रहने उपायको समेत व्यापक खोजी गरि  युवाल नोआ हरारीले भने जास्तै  मानिसको आयु १५० वा २०० बर्ष पुर्‍याउन व्यापक रुपले अध्ययन अनुसन्धान भैरहेको कुरा बाहिर आएका छ्न् । के थाहा?? एकाइशौ शताब्दीमा  यसले समेत सफलता पाउँछ कि। 

भरखरै आत्महत्या गर्न मद्दत गर्ने  थ्रीडी प्रिन्टेड पोड निर्माण गरिएको छ जो  अर्को वर्षको सुरुमै स्विट्जरल्याण्डमा प्रयोग गर्न सकिने भएको छ। आश्चर्यजनक परिवर्तन त थ्रीडी प्रीन्टिङ पद्धतिले गर्दैछ। थ्री डी पृन्ट मार्फत मानिसका अंग तथा हरेक कुरा पृन्ट गरेर प्रयोग गर्न सकिने पद्धतिको विकास हुँदै आएको र टेलिप्याथीको पनि अधिक संभावना भएकाले  २१औ शताब्दिमा चामत्कारिक परिवर्तन हुने कुरा निश्चित छ। त्यो भन्दा पनि बढी  भविष्यमा अज्ञात संभावनाले अज्ञात उपलब्धि हासिल हुनेछ। जे विगतमा भयो त्यो सबै अकल्पनीय थियो र भबिष्यमा पनि हुनेछ ।

`हे ईश्वर ! मलाई अध्यारोबाट उज्यालो तिर,असत्यबाट सत्य तिर,मृत्युबाट अमरता तर्फ लैजाऊ।´ भन्ने हाम्रो शास्त्रमा उल्लेखित स्तुतिलाई चुनौती दिदै ईश्वरबाट विश्वास र सत्ता खोसेर आफैमा बिश्वास र सत्ता स्थापित गरि  यी सव कुरा हासिल गर्ने बाटो तिर लागिपरेको अहिलेको मानिसले २१ औ शताब्दीको अन्त्य सम्ममा यी तीन कुरा( ज्ञान,सत्य र अमरता) स्वयं  प्राप्त गर्न सक्ने प्रवल संभावना देखिन्छ ।

सम्बन्धित समाचार