• २०८१ बैशाख ७ शुक्रबार

पाटनका महिलाहरुसँग नेपाल मेडिसिटी, प्रजनन स्वास्थ्य सम्बन्धी सचेनता कार्यक्रम सम्पन्न 

kharibot

ललितपुर । पाटन स्थित श्री बहालका महिलाहरुको स्वास्थ्य सचेनताका लागि नेपाल मेडिसिटी अस्पतालले आज प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गर्यो । 

झिः बहुउद्देश्यीय सहकारी संस्था सम्बद्ध करिब १ सय जना महिलाहरुलाई प्रजनन स्वास्थ्य र चेतना अभिबृद्धिका लागि नेपाल मेडिसिटी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले छलफल तथा प्रयोगात्मक विधिहरुका माध्यमबाट उनीहरुलाई जानकारी गराएको थियो । 

अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जुनु बज्राचार्यले उमेर ढल्कदै गएका महिलाहरुमा देखा पर्ने समस्याका बारेमा चर्चा गर्दै त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराएकी थिइन् । विशेष गरी महिनावारी रोकिएपछि महिलाहरुको स्वास्थ्यमा आउने परिवर्तन तथा समस्याहरुका बारेमा उनले जानकारी गराएकी थिइन् । 

त्यसैगरी अस्पतालका फिजियोथेरापिष्ट रिमा शाहीले महिनावारी रोकिए पछि कस्तो खालको शारिरीक ब्यायाम गर्ने र त्यसको फाईदा के हुन्छ भन्ने बारेमा अभ्यास तथा जानकारी गराएकी थिइन् । 

झिः बहुउद्देश्यीय सहकारीका स्वास्थ्य समितिका संयोजक रिता शाक्यले पाटन क्षेत्रका महिलाहरुको स्वास्थ्य अभिबद्धिका लागि नेपाल मेडिसिटी अस्पतालले काम गरिरहेको र यस क्षेत्रका महिलाहरुले यसबाट धेरै लाभ लिईरहेको उनले बताइन । विशेषगरी अस्पताल सबैका लागि सर्वसुलभ रहेको र पाटन क्षेत्रका विरामीहरुका लागि अस्पतालले विशेष सुविधा र सहुलियत प्रदान गरेकोले यसले आफूहरुलाई धेरै सजिलो भएको बताइन्  । 

उक्त सहकारीका अध्यक्ष बाबुराजा शाक्यले अन्तर्राष्ट्रिय स्तरको अस्पताल स्थानीयहरुको घरदैलोमै आएर स्वास्थ्य अभिबृद्धिका लागि काम गर्नु सह्रानीय कार्य भएको र आम मानिसहरुलाई आफ्नो स्वास्थ्य प्रति जागरुक हुन मदत गर्ने बताए । 

७ सय ५० शैयाको नेपाल मेडिसिटी अस्पताल अन्तर्राष्ट्रियस्तरको नेपालकै पहिलो अस्पतालको रुपमा मान्यता प्राप्त गर्ने क्रममा रहेको र नेपालको पहिलो ए सर्टिफाईड ल्याबको रुपमा यसलाई मान्यता दिएकोले गुणस्तरीय सेवाको प्रत्याभूतिका लागि आफूहरु लागि परिरहेको उक्त अस्पतालका जेनेरल मेनेजर विजय रिमालले बताए । 

अस्पतालका सबैले धान्न सक्ने भएकोले यसले आगामी दिनमा नेपालीहरुले उपचारका लागि उत्कृष्ट गन्तब्यको रुपमा यसलाई लिने विश्वास आफूहरुमा रहेको उनले बताए । सम्पूर्ण पूर्णकालीन चिकित्सकहरुको उपलब्धताका कारणले विहान ८ बजे देखि बेलुकी ८ बजे सम्म आफ्नो समय अनुकुल बहिरंग सेवामा स्वास्थ्य परीक्षण गर्ने सुविधा यस अस्पतालले प्रदान गरेका पनि जेनेरल मेनेजर रिमालले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै