• २०८१ बैशाख १४ शुक्रबार

यु-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

kharibot

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । 

यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । 

नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ । 

यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । 

नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ । 

नेपाली टिम

देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै