काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेट अन्तर्गत श्रीलंकाले नेपालला ३२३ रनको लक्ष्य दिएको छ ।
यूएईको सारजाहमा टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनाएको हो ।
श्रीलंकाका लागि सदिशा राजापाक्षले १३१ रन बनाएका थिए भने चमिन्दु विक्रमासिंघेले १११ रन बनाएका थिए ।
नेपालका बलर मोहमद आदीलले २ विकेट लिए भने देव खनाल र विवेक यादवले एक एक विकेट लिएका थिए ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपालले यो खेलमा हार बेहोरेमा एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।