• २०८१ बैशाख ६ बिहीबार

चिसोबाट कसरी बच्ने ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ । जसले चिसो झन बढाउनेछ ।

चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । चिसोबाट कसरी जोगिने ? बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका छातीरोग विशेषज्ञ डा. नीरज बमका टिप्स यस्ता छन् ।

चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने, छाला चिलाउने समस्या देखिन्छ ।  काठमाडौं लगायत क्षेत्रमा तापक्रम घटेको छ । घाम पनि पालिो लाग्दैन, बदली भइरहन्छ । तराईमा शीतलहर चल्ने गरेको छ । घाम पर्याप्त नपाउदा ‘भिटामिन डि’को पनि कमी हुन्छ, जसले रोगसँग लड्ने क्षमता पनि स्वतः कम हुन्छ ।

वायु प्रदूषण पनि बढ्दै गएको छ । सुक्खायाममा सडकमा धुलोधुवाँ उड्छ । चुरोटको धुवाँ पनि हावामा मिसिने भएकाले यो स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ । जसकारण रुघाखोकीको संक्रमण हुन्छ । 

जाडोमा विशेष रुपमा बालबालिका र ज्येष्ठ नागरिक जोखिममा हुन्छन् । जेष्ठ नागरिकमा उच्च रक्तचाप,दमको समस्या बढ्छ भने हृदयघात, सुगरको समस्या पनि निम्तन्छ । शिशुमा निमोनिया,फ्लुको संक्रमण वृद्धि हुने देखिन्छ । 

चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ, सकेसम्म घर, कोठाको वातावरणलाई न्यानो पार्नु पर्छ । हिटरको प्रयोग गर्दा, आगो बाल्दा भेन्टिलेटर खुला राख्नुपर्छ । बिहान पूजापाठ गर्न स्नान गर्दा सकेसम्म तातो पानीको प्रयोग गर्नुपर्छ ।  बिहानबिहानै कसरत गर्न जानेहरूले विशेषरुपमा न्यानो लुगा लागाएर मात्र जानुपर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै