कञ्चनपुरको नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री

खरीबोट

फाइल फोटो ।

ad

कञ्चनपुर । बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । 

नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो । 

च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । 

उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए । 

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताए । 

कृषि शाखाबाट रु १० हजार च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजार अनुदान रकम पाएका थियौँ उनले भने, ‘कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ ।’

कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन् ।यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले उल्लेख गरे । 

‘अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने भएकाले र च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ’, उनले भने ।
 

सम्बन्धित समाचार

बिम्स्टेक सैन्य अभ्यास बारे सत्तारुढ दलका नेताहरु असन्तुष्ट, भिम रावलले गरे निर्णय सच्याउन माग

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास बारे सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)कै नेताहरुले असन्तुष्टि जनाएका छन् । झलनाथ

च्याउ खेती गरी सफल उद्यमी बनिन् तुलसा

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उनले

प्रेस स्वतन्त्रताविरोधी चारवटा दफा सच्याउन सरकार र सांसदमाथि तीव्र दबाब

काठमाडौं । यही १ भदौदेखि लागू भएको मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४  र हालै संसदमा प्रस्तुत गरिएको गोपनीयताको हकसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल वातावरण पत्रकार समूहले

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

दाङ / जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख


z