विद्यार्थीको तनाव कम गर्न नरेन्द्र मोदीले लेखे किताब

खरीबोट
ad

नयाँदिल्ली ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ । 

पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन् ।  भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो । भारतको ‘पेन्गुइन र्यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो । 

विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ । भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ । 

त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ ।  भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ । 

अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन् । यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ । 

यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । 

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश प्रस्थान 

काठमाडौँ।  चौथो बिम्स्टेक सम्मेलनमा सहभागी भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीले बिदाई गरेका छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धी दुवै काठमाडौँमा  

काठमाडौँ।  भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । मानसरोवर यात्राका लागि निजी भ्रमणका क्रममा गान्धी काठमाडौं आइपुगेको बताइएको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका गान्धी भोलि बिहान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँमा 

काठमाडाैं।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनमा सहभागी हुन विदेशी पाउन आउने क्रम जारी छ । यसैक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका

बिम्स्टेकमा भाग लिन नरेन्द्र मोदी र शेख हसिना वाजेद आज काठमाडौँ आउदै 

काठमाडौं। आज र भोलि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिम्स्टेक सम्मेलनको लागि सदस्य देशका विशिष्ट पाहुनाहरु र राष्ट्र प्रमुखहरु आउने क्रम जारी रहेको


z