• २०८१ बैशाख ७ शुक्रबार

आर्नोल्ड र मारियाको १० बर्ष लामो सम्बन्ध विच्छेदको मुद्धा टुंगियो

kharibot

काठमाडौं । हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड श्वार्जेनेगरले अमेरिकी पत्रकार मारिया श्राइवरसँगको ३५ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गरेका छन् । यो जोडीले सन् १९८६ मा विवाह गरेका थिए ।

तर, आर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ फिल्म ‘टर्मिनेटर’मार्फत बढी लोकप्रिय भएका थिए । गत मंगलबार लस एञ्जल्सको अदालतले उनीहरूको निवेदनउपर सुनुवाइ गर्दै सम्बन्धविच्छेद गरिदिएको हो । 

आर्नोल्डले एक महिला घरेलु कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मिएपछि मारिया र आर्नोल्डबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि मारियाले सन् २०११ मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् । 

दुवैले एकअर्कालाई आरोप नलगाइकन सहमतिमै सम्बन्धविच्छेदको प्रक्रिया पूरा गरेका छन् । प्रोपर्टी सेटरमेन्ट र लेनदेनसम्बन्धी विषयलाई गोप्य राखिएको छ । उनीहरूका चार सन्तान छन् । सबै सन्तान हुर्किएको हुनाले उनीहरूलाई कस्टडी केस या आर्थिक रूपले बच्चाको हेरचाहका विषयमा के हुने भन्ने केही खुलाइएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै