• २०८१ बैशाख ८ शनिबार

अर्थमन्त्री शर्मा भन्छन्-‘कृषिलाई उद्योगमा बदलौँ’

kharibot

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्र्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए ।
 
एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । “कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उनले भने, “यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”
 
किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी सङ्घले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताए । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो ।
 
सङ्घका अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजी सङ्कलन गर्दै विपन्न तथा पछाडि परेका किसानलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर  कृषि र पशुपक्षीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिएको बताए ।
 
राउटे समुदायका गङ्गादेवी पुरस्कृत
        
कार्यक्रममा जङ्गलमा बसोबास गर्दै आएको राउटे समुदायबाट कृषि सहकारीमा आबद्ध भई कृषि तथा पशुपालन गर्दै आएकी गङ्गादेवी राउटेलाई सम्मान गरिएको थियो । 

डडेल्धुराका गङ्गादेवीलाई अर्थमन्त्रीले सहकारीको तर्फबाट रु पाँच हजार प्रदान गरे । उनले मास खेती गर्नाका साथै एक दर्जन बढी बाख्रा पालेका छन् । 

बाख्राका पाठापाठी बिक्री गरेर गङ्गादेवीले वार्षिक रु ८० हजार आम्दानी गर्दै आउनुभएको पनि सङ्घले जनाएको छ । कृषि सहकारीबाट रु एक लाख कर्जा लिएर उहाँले कृषि तथा पशुपालन गर्दै आएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै