• २०८१ बैशाख ७ शुक्रबार

यु-१९ एसिया कपको उपाधि भारतलाई 

kharibot

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको खेलमा भारतले नौ विकेटको जित पायो । 

वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । 

तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो । 

सोही लक्ष्य भारतले २१.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ओपनर अंक्रिश रघुवंशीले अविजित ५६ रनको अर्धशतकिय इनिङ खेले ।  सैक रसिदले ३१ रनको योगदान दिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडेका थिए । 

भारतका बिक्की ओस्तवालले तीन विकेट लिएका थिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै