• २०८१ बैशाख १३ बिहीबार

मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरी  सम्पन्न

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ३ वटा , बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा , लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारीक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गरेका थिए । 

यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष श्री ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता ब्यक्त गरेका थिए  । उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण,  विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । 

यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रिय  कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौको केन्द्रिय  कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको छ । बैंकले यस वार्षिकउत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल दश लाख  बढी बराबरको सहयोग गरेको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको  एटीएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै