• २०८१ बैशाख १२ बुधबार

१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

kharibot

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढि क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अनिवार्य रुपमा मर्जरमा जानुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी दोहोरो लगानी भएमा अनिवार्य मर्जरमा जानु निर्देशन दिएको हो । 

यसैगरी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरु पनि मर्जरमा जानुपर्ने प्रावधान तोकिएको छ । मर्जरमा जानका लागि असार मसान्तसम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै