सुदूरपश्चिमको विकासका लागि जापानमा १० लाखको अक्षय कोष स्थापना

खरीबोट
ad

जापान । नेपालको सुदूरपश्चिम घर भई जापानमा विभिन्न पेशा व्यवसाय गरी बस्दै आएका सुदूरपश्चिमेलीहरुले आफ्नो स्थानको विकासका लागि १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । जापान बस्ने सुदूरपश्चिमेलीको संस्था सुदूरपश्चिमेली समाज जापानको पाँचौँ महाधिवेशनले आइतबार उक्त अक्षय कोषको स्थापना गरेको हो । 

एनआरएन अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले दश लाखको अक्षयकोष स्थापना गरेको समाजका नवनिर्वाचित सदस्य भक्तराज जोशीले खरीबोटलाई जानकारी दिए । यस्तै, महाधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समाजको नयाँ अध्यक्षमा एकेन्द्र थापा चयन भएका छन् भने उनको नेतृत्वमा अध्यक्षसहित १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा मदन साउद, कृष कोइराला र दल बहादुर धामी चयन भएका छन् । त्यसैगरी महासचिवमा दिनेश अधिकारी चयन भएका छन् । सचिवमा जयानन्द भट्ट, प्रकाश चन्द जोशी र राम विष्ट चयन भएका हुन् ।

त्यस्तै कोषाध्यक्ष मा नृप कुँवर तथा सह—कोषाध्यक्षमा पुनम विष्ट चयन भएका हुन् भने सदस्यहरुमा भक्तराज जोशी, चेतमान रावल, पूर्ण जोशी, उज्जल सिंह डडाल, प्रवीन टे«लर र खेम ओझा चयन भएका समाजका केन्द्रीय सदस्य भक्तराज जोशीले जानकारी दिएका छन् । 

पाँचौँ महाधिवेशनले १० लाखको अक्षयकोष समेत स्थापना गरेको छ भने स्थापना गरिएको अक्षयकोषमा एनआरएनएका अध्यक्ष भवन भट्टले १ लाख रुपैया अक्षयकोषलाई सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै भट्टले सुदुरपश्चिमको विकासमा आफ्नो साथ र सहयाग हुने समेत बताए । अक्षयकोषमा जम्मा हुन आउने रकम सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खर्च गर्ने बताइएको छ ।   

सम्बन्धित समाचार

प्रदेश सरकारले तलब नदिंदा कर्मचारीलाई दशैँ मनाउन समस्या

धनगढी । सम्वन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् । प्रदेश सरकार मतहतका वन

सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री थपिए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका छन् ।  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका रावललाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराएका

कांग्रेसले भन्यो - सुदूरपश्चिम प्रदेशको राजधानीबारे पुनर्निर्णय हुनुपर्छ 

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ ।  काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको

सुदूरपश्चिममा विवेकशील साझाको बृहत् प्रशिक्षण

काठमाडौं । विवेकशील साझा पार्टीले पार्टी प्रशिक्षण कार्यक्रमलाई व्यापकता दिएको छ । गत संसदीय निर्वाचनमा ४ राष्ट्रिय पार्टी पछि केही हजार मात्र मतले राष्ट्रिय पार्टी बन्न चुकेको विवेकशील साझा पार्टी


z