मुआब्जा वितरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो

खरीबोट
ad

वीरगञ्ज ।  जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्मे अन्योलमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले गति लिन थालेको छ । 

बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको सो विमानस्थलको जितपुर सिमारास्थित आयोजना कार्यालयमा मुआब्जा लिने तथा निवेदन दिनेको लर्काे लाग्न थालेपछि आयोजनाले पनि निर्माण प्रक्रियालाई तीव्रता दिन थालेको हो । आयोजनाले एक वर्ष अगाडि विमानस्थलको चारकिल्ला छुट्याउन वातावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि मुआब्जालिन आलटाल गर्नेहरू अब मुआब्जाका लागि आयोजना कार्यालयमा धाउने गरेको आयोजनाका व्यवस्थापक रामहरि महर्जनले बताए । 

कोलहबी नगरपालिकाअन्तर्गत पर्ने काट गाउँका १० बिगाहा र ककडीका १०० बिगाहा जग्गा विमानस्थलभित्र पर्ने भएको छ । नम्बरी जग्गा भएका ती गाउँका बासिन्दाले जग्गा मूल्य निर्धारण समितिद्वारा निर्धारण गरिएको मूल्यअनुसार कतिपयले मुआब्जा लगिसकेका छन् भने कतिपयले निवेदन दिने क्रममा रहेको सूचना अधिकारी विजय यादवको भनाइ छ । 

काँटगाउँ र ककडीका ५५ घरधुरीले मुआब्जाको लागि निवेदन दिएका छन् भने बाँकी ५० घरधुरीले निवेदन दिन बाँकी रहे पनि आयोजनाले काममा तीव्रता दिएको हो । 

विमानस्थल निर्माणका लागि ११ हजार ८७५ बिगाहा क्षेत्रफलमध्ये ११० बिगाहा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ । अहिलेसम्म रु साढे सात करोड खर्च गरेर पसहा खोलामा तटबन्ध निर्माण गर्न लागिएको छ भने विमानस्थल एरिया छुट्याउने काम अगाडि बढेको छ । 

विमानस्थल निर्माण गर्न ठूलो सानो गरी करिब सात लाख रुख काट्नुपर्ने भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिइएको छ भने डिपीआर निर्माण भएपछि कसरी विमानस्थल बनाउने सोही आधारमा निर्माण हुने सूचना अधिकारी यादवको भनाइ छ । 

विमानस्थलको धावनमार्गमा रहेको टांगिया बस्तीलाई मुआब्जा दिने नदिनेबारे भने आयोजना मौन छ । आयोजनाका अधिकारी भन्छन्–टांगियाका बासिन्दाले जंगल फडानी गरी बसेको बस्ती बसाएको र उनीहरुसँग लालपूर्जा नभएकाले यसबारेमा सरकारले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढने आयोजनाका पदाधिकारीको भनाइ छ । सरकारले विमानस्थलको डिपीआर तयार गर्न कन्सनटेन्सी छनोट गरिरहेको छ । अबको सात वर्षभित्र विमानस्थल निर्माण गरी सञ्चालन गरिसक्नुपर्ने आयोजनाको लक्ष्य छ । 

सम्बन्धित समाचार

सिमरा विमानस्थलमा हवाइ सुरक्षा अभ्यास 

बारा । सिमरा बिमानस्थलमा आकस्मिक रुपमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा सोमबार सिमरा विमानस्थलमा यस्तो अभ्यास गरिएको हो

विमानस्थलमा आकस्मिक दुर्घटना भए के गर्ने ? सिमरामा सुरु भयो हवाइसुरक्षा गोष्ठी

बारा । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा विमानस्थल आकस्मिक योजनासम्बन्धी दुई दिने सेमिनार बाराको सिमरामा सुरु भएको छ ।  विमानस्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण र सतर्कताका लागि सरोकारवालाहरुलाई

३९औं विश्व पर्यटन दिवस : सिमरा विमानस्थलमा यात्रुलाई सम्मान

बारा । काठमाडौंबाट सिमरा आउने पहिलो विमानका सम्पूर्ण यात्रुहरुलाई बाराको सिमरा विमानस्थलमा बिहीबार सम्मान गरिएको छ ।  ३९औं विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले यात्रुहरुलाई स्वागतस्वरुप आज

सिमरा विमानस्थलमा रात्री उडान सेवा सुरु हुने

बारा। तयारी भएको लामो समय पछि बाराको सिमरा विमानस्थलले रात्री उडान सेवा सञ्चालनमा ल्याउँने भएको छ । झण्डै दुई वर्षको तयारी पछि २०७१ पौष महिनमा परिक्षण उडान समेत गरेको विमान


z