• २०८१ बैशाख ८ शनिबार

इटालीबाट अमृतसर आएको विमानका १२५ जनामा कोरोना संक्रमण पुष्टि

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । भारतमा कोरोनाको तेस्रो लहर शुरु भएसँगै हरेक दिन तिब्र गतिमा कोरोना संक्रमण बढिरहेको छ । यसै बीच पञ्जाब इटालीबाट आएको एक विमानका १७९ यात्रु मध्ये १२५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

भारतीय मिडियाहरुले यसलाई निकै डरलाग्दो घटना भएको उल्लेख गरेका छन् । विहीबार इटालीबाट अमृतसर आएको एयर इन्डियाको विमानका १७९ यात्रु मध्ये १२५ यात्रुमा कोरोना संक्रमण देखिएको थियो । विमानस्थल निर्देशक वीके सेठले विमानमा यात्रा गरेका १२५  संक्रमित भएको जानकारी दिएका छन् ।

अहिले पञ्जाबमा कोरोना संक्रमण दर ७.९५ प्रतिशत पुगेको छ । पञ्जाबको पटियाला, मोहाली र पठानकोट जिल्लामा कोरोना संक्रमण बढी देखिएको छ । राज्यमा हालसम्म १६ हजार ६५७ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य विभागले दैनिक रुपमा लिइने नमूनाको संख्या २३ हजार नाघेको छ । यसअघि विभागले औसतमा १५ देखि १७ हजार नमुना मात्रै लिने गरेको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा करिब ९१ हजार संक्रमित भएका थिए भने अहिलेसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या २६ सय पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै