वाशिंटन । अमेरिकी सेयर बजारमा सन् २००८ पछिको सबै भन्दा ठुलो गिरावट आएको छ ।
सोमबार डाऊ जोन्स ११७५ अंकले घट्दै २४,३४५.७५ अंकमा आएर रोकिएको छ । सोमबार डाऊ ४.६ प्रतिशतले घटेको र यो २००८ को वित्तीय संकट पछिको एक दिनमा भएको सबै भन्दा ठुलो गिरावट रहेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
त्यस्तै एसएण्डपी सेयर इन्डेक्स ३.८ प्रतिशतले र नेस्डेकमा ३.७ प्रतिशतको गिरावट आएको बताइएको छ ।
पछिल्लो केहि महिना देखि सेयरको मुल्य बढी रहेको र सेयरको मुल्य अनावश्यक रुपमा बढेको बताइरहेका बेला अमेरिकी सेयर बजारमा आएको गिरावटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको थप आलोचना हुने देखिएको छ ।