• २०८१ बैशाख ८ शनिबार

केजरिवाल भन्छन्- सबैले मास्क लगाए दिल्लीमा लकडाउन आवश्यक छैन

kharibot

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सबैले मास्क लगाएमा लकडाउन नगर्ने बताएका छन् ।

कोरोना संक्रमणबाट ठिक भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै केजरिवालले मास्क लगाउने हो भने लकडाउन नलाग्ने बताएका हुन् ।

उनले भनेका छन्- 'दिल्लीमा लकडाउन लगाउने हाम्रो मनसाय छैन । आज २२ हजार केस आउन सक्छ । मानिसहरू अस्पताल जान धेरै आवश्यक छैन । गम्भीर बिरामीलाई मात्र अस्पताल जानुपर्छ । कोरोनाको अवस्थाबारे भोलि अर्थात सोमबार बैठक बस्दैछ ।'

सात हजार क्षेत्र पूर्ण रूपमा सिल

राजधानी दिल्लीमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । स्वास्थ्य विभागका अनुसार पछिल्लो एक दिनमा ९७ हजार ७ सय ६२ नमूना परीक्षण गरिएकामा १७ दशमलव ७३ प्रतिशतमा संक्रमण देखिएको छ । यस अवधिमा ८ हजार ९ सय ५१ जना बिरामी पनि डिस्चार्ज भएका छन् । दिनहुँ बढ्दो संक्रमणका कारण अहिले दिल्लीका सात हजार क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ । २० हजारभन्दा बढी बिरामी घरमै उपचाररत छन् । अस्पतालमा १३९० बिरामी भर्ना छन् भने ५३० जना कोभिड निगरानी केन्द्रमा छन् ।

भेन्टिलेटरमा ३१ जना

१३९० बिरामीमध्ये ७७ जना कोरोनाको आशंकामा छन् । कोभिड वार्डमा ९९६ बिरामी भर्ना छन् भने २८६ बिरामी अक्सिजन थेरापीमा छन् । ३१ जना बिरामी भेन्टिलेटरमा छन् । अस्पतालमा भर्ना भएका कुल बिरामीमध्ये २९ प्रतिशत अक्सिजन थेरापीमा छन् भने तीन प्रतिशतको अवस्था गम्भीर छ । यी बिरामीहरूलाई भेन्टिलेटरमा राखिएको छ। चिकित्सकका अनुसार गम्भीर बिरामीको उमेर ४० वर्ष वा सोभन्दा बढी छ ।

जम्मा संक्रमित १५ लाख नाघ्यो

तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणको कुल केस १५ लाख नाघेको छ । पहिलो संक्रमित बिरामी दिल्लीमा २ मार्च २०२० मा फेला परेका थिए। अहिलेसम्म 15,06,798 केसहरू पुष्टि भएका छन्। जसमध्ये १४ लाख ४१ हजार ७८९ बिरामी निको भएका छन् भने २५ हजार ३६ जनाको मृत्यु भएको छ । हाल ३९ हजार ८७३ सक्रिय बिरामी निजामती कर्मचारी युनियन बर्दियाको अध्यक्षमा द्रोणराज शर्माछन् भने २० हजार ६९५ बिरामी होम आइसोलेसनमा उपचाररत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै