दर्शकदीर्घाबाट प्रदेश ४ को प्रदेशसभा बैठक

खरीबोट
ad

पोखरा  ।  सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ । 

प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गर्नुभएकी पूर्वसांसद बलावती शर्माले भन्नुभयो– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष गर्दै आएको संघीयता कार्यान्वयन भएको अनुभूति भएको छ । 

अरु प्रदेशको तुलनामा प्रदेश नं ४ मा पर्याप्त साधनस्रोत भएको हुँदा साच्ँिचकै उत्कृष्ट प्रदेश बनाउनुपर्छ भन्नेमा प्रदेशसभाका सदस्यले जोड दिनुभएको छ, निर्वाचनको बेला दलहरुले गरेका प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्छ, जसबाट प्रदेश सम्मुन्नत हुनेछ, जनता सुखी हुनेछन्– उनले भने । 

संघीय संसद्का सांसद रवीन्द्र अधिकारीले प्रदेशसभाको सञ्चालन पूर्वाधारको जे अवस्था छ, त्यसभित्र रहेर शुरु भएकाले व्यवस्थापन र सञ्चालनको तयारी राम्रो ढंगबाट भएको प्रतिक्रिया दिए । 

उनले भने– “प्रदेशसभा सदस्यले मर्यादित ढंगबाट आफना विचार राख्नुभएको छ, पहिलो बैठकले संघीयताको जीवन्तता प्रस्तुत गरेको छ, प्रदेशसभाको झल्को आउने गरी राम्रैसँग काम भएको छ, भोलिका दिनमा सभामुख, राजनीतिक दल र सरकारको क्रियाशीलता, प्रभावकारिता र सिर्जनशीलताबाट संघीयता प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।” 

सांसद अधिकारी भन्छन्– “प्रदेशसभा कानून निर्माणमा क्रियाशील हुनुपर्छ, कानून निर्माण र प्रदेशसभा सरकार सञ्चालन ठीक ढंगले गर्न सभाले भूमिका खेल्ने छ ।” अर्का सांसद जगत विश्वकर्माले प्रदेशसभाको बैठक अत्यन्त प्रभावकारी र ऐतिहासिकरुपले सम्पन्न भएकोमा आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिए । 

बैठकमा मूलरुपले प्रदेश नं ४ लाई समृद्ध तुल्याउने जस्ता समसामयिक विषय उठेका छन्, जनताको जनजीविकालाई लक्ष्य गरेर विषय आएका हुन्, यसलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्दछ, आगामी दिनमा विकसित र समुन्नत प्रदेशका रुपमा विकास गर्छाैं भन्ने सबैबाट प्रतिबद्धता व्यक्त हुनु शुभसंकेत हो– उनले भने । 

दर्शकदीर्घाबाट उक्त प्रतिक्रिया आइरहँदा बैठकमा प्रदेशसभा सदस्य पृथ्वी सुब्बा गुरुङले प्रदेश नम्बर ४ लाई हरेक दृष्टिकोणबाट समृद्ध भएको हामी देश र दुनियाँलाई देखाउन चाहन्छाँै भनी अठोट व्यक्त गरिरहनुभएको थियो । 

प्रदेशसभाले यस प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदलाई पहिलो बैठकका लागि आमन्त्रण गरेको थियो । बैठकमा पूर्वसांसदहरुको उपस्थिति पनि निकै बाक्लोरुपमा देखिन्थ्यो । 

सम्बन्धित समाचार

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको कोशेढुङ्गा

पोखरा।  गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ ।  चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका

प्रदेश ४ का सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने निर्णय

पोखरा । प्रदेश ४ को मन्त्रिपरिषद्ले सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने निर्णय गरेको छ ।  पोखरामा आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश ४ का सांसदलाई प्रदेशसभा बैठक बस्ने दिन साढे ७ सय

मतदानबाट टुंगाइयो प्रदेश ४ को राजधानी, पोखराको पक्षमा ५२ मत

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ ।  प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भौगोलिक अवस्थिति, जनचाहना, पहुँच, सुलभताका साथै प्रदेश

केन्द्र सरकारबाट प्रदेश सरकार अपमानित भयो : मुख्यमन्त्री गुरुङ

बेंसीशहर, लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गरेका छन् ।  गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री


z