• २०८१ बैशाख १४ शुक्रबार

सुकीलाई थप चार वर्षको जेल सजाय

kharibot

काठमाडौँ । म्यानमारको सैन्य अदालतले कैयौँ मुद्दामा हिरासतमा रहेका नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी-टकी राखेको आरोप लगाइएको छ ।

गत फेब्रुअरीमा नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई सेनाले अपदस्थ गरेको थियो । सुकीलाई डिसेम्बरमा कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो । पछि यो सजाय घटाउँदै उनी साढे दुई वर्ष घरमै थुनिएकी थिइन् ।

म्यान्मारमा सैनिक कू पछि अहिलेसम्म १४ सय भन्दा बढीको मृत्यु भएको बताइएको छ । डिसेम्बरमा सुकीको सजायको अन्तर्राष्ट्रिय रुपमा निन्दा भएको थियो । पत्रकारहरूलाई सुनुवाइमा उपस्थित हुन दिइएन, जबकि सुकीका वकिलहरूलाई मिडियासँग बोल्न निषेध गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै