• २०८१ बैशाख ७ शुक्रबार

भिनिसियसको रियल म्याड्रिड प्रेम !

kharibot

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियर अहिले रियल म्याड्रिडमा निकै मन पराइएका खेलाडी बनेका छन् । उनले रियलमा लगातार गरिरहेको राम्रो प्रदर्शनका कारण उनको रियलमा प्रसंशा भैरहेकै बेला उनले मैदानमा देखाएको रियल म्याड्रिड क्लब प्रतिको माया र सम्मानको अहिले चर्चा भैरहेको हो ।

हालै सम्पन्न भलेन्सियाविरुद्धको खेलमा भएको एक घटनाले भिनिसियसको रियल म्याड्रिडप्रतिको प्रेम झन् देखिएको छ । भलेन्सियाविरुद्ध रियलले ४-१ गोल अन्तरले जित हासिल गर्दा उनले २ गोल गरेका थिए तर उनले मैदानमा बल बाहिर गएको बेला बलतर्फ जानेक्रममा रियल म्याड्रिडको लोगोलाई नटेकेको विषयले अहिले चर्चा पाइरहेको छ । भिनिसियसले अगाडी बढ्नेक्रममा रियलको लोगो देखेपछि जम्प गरेर लोगो बाहिर टेकेका थिए । उनले लोगोमाथि हिड्नुको साटो लोगोमाथि आफ्नो पाइला राख्नबात जोगाएर क्लबप्रतिको आफ्नो माया र सम्मान देखाएको भन्दै उनको प्रसंशा भैरहेको छ ।

फुटबल विश्लेषकहरुले यो एक सहज संकेत भएको भन्दै जानेर या नजानेर उनले यसो गर्नुमा उनको क्लबप्रतिको माया र सम्मान देखाएको बताएका छन् । 

साथै उनले रियलका लागि प्रत्येक गोल पछि रियल म्याड्रिडको ब्याजलाई औंल्याउन र चुम्बन गर्ने गर्दछन्, जसलाई अहिले चुम्ने चिजमा पाइला राख्नु हुदैन भन्ने सन्देश दिएको रुपमा ब्याख्या गरिएको छ ।

अझ भिनिसियस रियलको पहिलो टोलमा सबैभन्दा कम पारिश्रमिक लिने खेलाडीहरूमध्ये एक भए पनि चार वर्षमा तलब वृद्धिको लागि नसोधेको बताइएको छ । भिनिसियसले रियल म्याड्रिडलाई आफ्नो नवीकरणमा पनि कुनै समस्या नहुने पनि स्पष्ट पारेका छन् ।

अहिले भिनिसियस रियलमा नयाँ सम्झौतामा वार्ता सुरु गर्न सिजनको अन्त्यसम्म पर्खन सहमत भएको बताइएको छ । किनकि रियल म्याड्रिड अहिले किलियन एमबाप्पे र एर्लिङ हालान्डलाई क्लबमा ल्याउने प्रयासमा ध्यान केन्द्रित गरेको छ ।

साथै रियल म्याड्रिडमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज भिनिसियसका सबैभन्दा ठुला समर्थक हुन् । त्यसैले पनि भिनिसियसलाई रियलप्रतिको माया र सम्मान दुवै रहेको मैदान र मैदान बाहिर देख्न सकिन्छ ।

२१ बर्षिय युवा खेलाडी भिनिसियस पछिल्लो चार सिजनदेखि रियल म्याड्रिडको सिनियर टिममा खेलिरहेका छन् । उनले अहिलेसम्म रियलका लागि कुल १४४ खेल खेल्दै २९ गोल गरेका छन् । यस सिजनमा उनले रियलका लागि २६ खेलमा १४ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै