• २०८१ बैशाख १२ बुधबार

मधेसी महिलाबाट सिंह पहिलो डिआइजीः गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

kharibot

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । “मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भने, “अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।”

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय बनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै