काठमाडौँ। क्लासिक टेकले फाइवजीएचजेट(5ghz)राउटर र मेष वाइफाई ल्याएको इन्टरनेटको आवश्यकता र आफ्ना प्रयोगकर्ताहरुको मार बुझेर छिठो छारितो र एक दमै न्युन मुल्यमा नया उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज ल्याएको छ ।
फेसबुक लाइभ मार्फत नया ब्राण्ड एम्बासेडर बिपिन कार्की द्वारा उक्त प्याकेज सार्वजनिक गरिएको हो । कम्पनीको उद्देश्य उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा पहुँच हुने रहेको छ ।
टाक्एन प्याकेजमा १५०,२२५,३२५,६२५ र १००० एमबीपीएसको विभिन्न प्याकेजहरु समायोजन गरिएको छ। १५० देखि १००० एमबीपीएस सम्मको प्याकेज क्लास्सिक को वेवसाइट https://www.classic.com.np/ मार्फत लिन सकिने छ र अहिलेको बिध्यमान परिस्थिमा इन्टरनेट को महत्व झन् बढेर गएको र प्रयोगकर्ता हरुले भोग्नु पर्ने सम्भावित समस्या हरुलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको छ ।
अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ता हरुको प्याकेज ६५० गुणा ले निशुल्क अपग्रेड गरिएको छ। टाक्एन प्याकेज प्रयोग कर्ताले आइभीटिभी सित्तैमा प्रयोग गर्न सकिने छ । टाइम ब्याक सिस्टम रहेको जसमा केहि प्राबिधिक कारणबस सेवा अबरुद्ध हुन पुगेमा कम्पनीले त्यसको क्षतिपूर्ति बापत दिनहरु थप गर्न सक्नेछ ।
न्यून इन्टरनेट गतिको समस्याले मारमा परेका हरुलाई मध्यनजर राखेर यो टाक्एन प्याकेज ल्याइएको हो । यस बारे क्लास्सिक टेक मा फोन ९८०१००४४७७ अथवा फेसबुक मार्फत जानकारी लिन सकिने छ भने क्लास्सिक टेक को वेब साइट https://www.classic.com.np/ वा दराज एपबाट https://click.daraz.com.np/e/_7kixS मा गएर थप जानकारी लिन सकिने छ ।
क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र सहरमा सेवा दिदैं आइरहेको छ ।