• २०८१ बैशाख ६ बिहीबार

किन हुदैछ रोनाल्डो पीएसजी जाने चर्चा ?

kharibot

काठमाडौँ । पेरिस सेन्ट जर्मेनले म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई निवर्तमान किलियन एमबाप्पेको स्थानमा फ्रान्स ल्याउने योजना बनाएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

गत सिजनमा एम्बाप्पे रियल म्याड्रिड जाने तयारीमा देखिएपछि पीएसजीले पोर्चुगलको कप्तानमा स्थानान्तरण गर्न इच्छुक रहेको बताइएको थियो ।

अहिले पिएसजीसँग एम्बाप्पेको सम्झौता समाप्त भएकोले यस सिजनको अन्त्यसँगै रियल म्याड्रिड जाने लगभग निश्चित रहेको बताइएको छ । यसका साथै युनाइटेडमा रोनाल्डोको अवस्थालाई लिएर पनि अनेकौं अड्कल बाजी चलिरहेपछि उनलाई पिएसजीले भित्र्याउन सक्ने बताइएको छ । खासगरी यस कुराको निश्चितता युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रांगनिक कतिबेलासम्म प्रशिक्षक रहन्छन् भन्ने रहेको विश्लेषण गरिएको छ । युनाइटेडमा राँगनिक प्रशिक्षक बनेदेखि उनको तरिकासँग रोनाल्डो सहमत नभएको रिपोर्ट बाहिर आएको छ । साथै राँगनिकमाथि युनाइटेडको समग्र प्रेरित गर्न नसकेको बुझाइ रोनाल्डोको रहेको बताइएको छ ।

यदि रोनाल्डो आफ्नो पुरानो क्लबमा फर्केको १२ महिना भन्दा कम समयमा ओल्ड ट्राफोर्डबाट बाहिरिन चाहन्छन् भने, पीएसजी उनको सम्भवतः पिएसजीनै उत्कृष्ट विकल्प हुनसक्ने देखिन्छ ।

यदि यस्तो भएमा पहिलो पटक दुई महान खेलाडीहरू रोनाल्डो र लियोनेल मेसी एकसाथ खेल्ने छन्, जुन विषयले विश्वभरका फुटबल फ्यानलाई उत्साहित गर्ने छ ।

एम्बाप्पेले रियल म्याड्रिडबात खेल्ने असफ्नो सपना रहेको बताउदै आएका छन् भने  उनको लक्ष्य रियल म्याड्रिडमा रोनाल्डोले जस्तै उचाई हासिल गर्ने रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै