• २०८१ बैशाख ४ मंगलबार

युभेन्टसलाई हराउदै इन्टर मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

kharibot

काठमाडौँ । इन्टर मिलानले प्रतिद्वन्दी युभेन्टसलाई पारजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा इन्टर मिलानले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

फाइनल खेल निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा इन्टर मिलानका लागि एलेक्सिस सान्चेजले निर्णायक गोल गर्दै उपाधि जिताएका थिए ।

यसअघि खेलको २५औ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३५औँ मिनेटमा लाउतारो मार्टिनजले इन्टर मिलानका लागि पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

इटालियन सुपर कप गत सिजनको सिरी ए विजेता र गत सिजनको कोपा इतालिया विजेताबीच खेल्ने गरिन्छ ।

यो उपाधि अहिलेसम्म सबैभन्दा धेरै युभेन्टसले ९ पटक जितेको छ भने एसी मिलानले ७ पटक जितेको छ । यस बर्षसहित इन्टर मिलानले यो उपाधि ६ पटक जितेको छ । त्यस्तै लाजियोले ५ पटक यो उपाधि जितेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै