• २०८१ बैशाख ४ मंगलबार

कतार लिगमा जेम्स रोड्रिग्वेजले मैदानमा बचाए विपक्षी खेलाडीको ज्यान !

kharibot

काठमाडौँ । कोलाम्बियन स्तर फुटबलर जेम्स रोड्रिग्वेजले विपक्षी खेलाडी मैदानमै लडेपछि उनको ज्यान बचाउने काम गरेका छन् ।

कतारमा लिग खेलको क्रममा हृदयघात भएको विपक्षी डिफेन्डर ओस्मान काउलिबालीको जीवन बचाउन रोड्रिग्वेजले सहयोग गरेपछि उनले मैदानमा देखाएको सहयोगीपनको प्रसंशा भएको छ ।

रोड्रिग्वेज गत साता कतारी स्टार्स लिगमा अल-वक्राहविरुद्ध अल-रायनका लागि खेलिरहेका थिए जब  काउलिबाली पहिलो हाफमा हृदयघात हुदा मैदानमै ढलेका थिए ।

पूर्व एभर्टन र रियल म्याड्रिड मिडफिल्डर रोड्रिग्वेजले विपक्षी डिफेन्डरको सहायताको लागि चिकित्सकहरू मैदानमा पुग्नु अघि  काउलिबाली ढलेको स्थानमा पुगेर उनलाई प्राथमिक उपचार गरेका थिए ।

 बेइन स्पोर्ट्सका अनुसार मेडिकल टिम  मैदानमा नपुगुन्जेल रोड्रिग्वेजले काउलिबालीको टाउको उठाएर श्वास लिन सहज बनाइदिएका थिए ।

डिफेन्डर काउलिबालीलाई त्यसपछि अस्पताल लगिएको थियो जहाँ उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ ।

खेल पछि, लीगद्वारा जारी एक विज्ञप्ति अनुसार काउलिबालीलाई हृदयघात भएको बताइएको छ ।

काउलिबालीलाई हृदयघात भएपछि सो खेल स्थगित गरेर सोमबार पुन: खेलाइएको थियो । जसमा अल रेयानले अल-वक्राहलाई रोड्रिग्वेजको दुई गोलको मद्धतले खेल ३-० ले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै