• २०८१ बैशाख ६ बिहीबार

नेप्सेमा ५४ अंकको वृद्धि

kharibot

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से बढेको छ । विहिबार नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै विहिबार २२४ कम्पनीको ७७ हजार ६६८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोको भएको छ । यस कम्पनीको आज ३४ करोड ३१ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपि हाइड्रोको २३ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा अन्य उपसूचक बाहेक सबै उपसूचकको मुल्य बढेको छ ।

नेप्सेका अनुसार आज हाइड्रोको सबैभन्दा बढी ४.९० प्रतिशतले बढेको छ भने आज फाइनान्स उपसूचकको मुल्य ३.६७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मध्य भोटेकोशी, माउन्टेन हाइड्रो, कर्णाली विकास बैंक र शिभश्री हाइड्रोको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज नविल डेभेन्चरको शेयर मुल्यमा सबैभन्दा बढी २.०३ प्रतिशतले गिरावट आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै