ऋषव पन्तको शतकसँगै भारतले दक्षिण अफ्रीकालाई दियो २१२ रनको लक्ष्य
काठमाडौँ । भारतले तेस्रो टेस्टमा दक्षिण अफ्रीकालाई २१२ रनको लक्ष्य दिएको छ ।
टेस्टको तेस्रो दिन भारत आफ्नो दोस्रो इनिङमा १९८ रन बनाएर अल ओत भए पछि पहिलो इनिङमा १३ रनको अग्रतासहित समग्रमा २११ रनको अग्रता लिएको हो ।
भारतको दोस्रो इनिङमा ऋषव पन्तले शतक बनाएर अविजित रहे । उनले १३९ बलमा १०० रन बनाएर अविजित रहदा बाँकि ९ खेलाडी आउट हुदा उनीहरु ९८ रन मात्र बनाए ।
यसअघि भारतले पहिलो इनिङमा २२३ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले आफ्नो पहिलो इनिङमा २१० रन बनाएर अलआउट भएको थियो ।
तीन खेलको सिरिजमा दुवै देशले १-१ खेल जितेर बराबर रहेका छन् ।