म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना

खरीबोट

फाइल फोटो ।

ad

म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । 

क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । 

क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीका लागि पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापति सावित्री खत्रीले बताइन् । 

क्याम्पससँगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहीनका लागि पुस्तकालय स्थापना गरिने उनले जानकारी दिइन् । बोल्ने कम्प्यूटर, ब्रेल लिपि, ब्रेल पेनसहितको शैक्षिक सामग्री र श्रव्य पुस्तकसमेत पुस्तकालयमा राखिनेछ । 

करिब रु पाँच लाखको लागतमा बन्ने सो पुस्तकालयका लागि म्याग्दी विकास मञ्चले रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले छुट्टै पुस्तकालय बनाउने अभियानमा रु ५० हजार सहयोग गर्ने घोषणा गरीन् । 

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र म्याग्दी विकास मञ्चका महासचिव दिनेशनाराण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन पुस्तकालयले सक्दो भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणबारे छलफल

काठमाडौं / नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोली बीच छलफल भएको छ ।  बिहीबार

कक्षाकोठा खोज्दै ल क्याम्पस

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ ।  करीब ५०० क्षमता भएको उक्त

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

चितवन / रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ ।  विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको


z