म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना

खरीबोट

फाइल फोटो ।

ad

म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । 

क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । 

क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीका लागि पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापति सावित्री खत्रीले बताइन् । 

क्याम्पससँगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहीनका लागि पुस्तकालय स्थापना गरिने उनले जानकारी दिइन् । बोल्ने कम्प्यूटर, ब्रेल लिपि, ब्रेल पेनसहितको शैक्षिक सामग्री र श्रव्य पुस्तकसमेत पुस्तकालयमा राखिनेछ । 

करिब रु पाँच लाखको लागतमा बन्ने सो पुस्तकालयका लागि म्याग्दी विकास मञ्चले रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले छुट्टै पुस्तकालय बनाउने अभियानमा रु ५० हजार सहयोग गर्ने घोषणा गरीन् । 

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र म्याग्दी विकास मञ्चका महासचिव दिनेशनाराण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन पुस्तकालयले सक्दो भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको

महेन्द्र बहुमुखी क्याम्पसका अलपत्र भवन निर्माण गरिने

बाँके । चौध वर्षदेखि निर्माण अलपत्र छाडिएको महेन्द्र बहुमुखी क्याम्पसका दुई भवनको आगामी महिनादेखि निर्माण गरिने भएको छ । क्याम्पसको सक्रियता र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा जीर्ण बन्दै गएका स्नातकोत्तरको कक्षा र

त्रिभुवन विश्वविद्यालय मातहत सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश

काठमाडौँ। उच्च शिक्षा क्षेत्रलाई सङ्घीयता अनुकूल तुल्याउन त्रिभुवन विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालय मातहतमा सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश गरिएको छ । विश्वविद्यालयको वर्गीकरण र मापदण्डका लागि डा त्रिरत्न मानन्धरको संयोजकत्वको

सिंजालाई बल्ल आङ्गिक क्याम्पस सञ्चालनको अनुमति

जुम्ला । तत्कालीन कर्णाली खस राज्यको राजधानी सिंजाले यही भदौ १० गतेदेखि आङ्गिक ‘सिंजा बहुमुखी क्याम्पस’ पाएको छ । आइतबार काठमाडौँमा बसेको मध्यपश्चिम विश्वविद्यालयको आठौं सिनेट सभाबाट पश्चिम नेपालका आठवटा क्याम्पससँगै यसले