• २०८१ बैशाख ६ बिहीबार

अस्पतालमा चिकित्सक र कर्मचारी अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

kharibot

काठमाडौं । सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको हो । 

त्यस्तै करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्प सकिने केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै