• २०८१ बैशाख ४ मंगलबार

यस सिजनमा शिर्ष तीनभन्दा तल स्वीकार्य हुदैन- रोनाल्डो

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा यो सिजन शीर्ष तीनमा उभिनुपर्ने बताएका छन् ।

स्काई स्पोर्ट्ससँगको एक अन्तर्वार्तामा रोनाल्डोले युनाइटेडले यस सिजनको लिग शिर्ष तीन भित्र समाप्त गर्न सक्नुपर्ने भन्दै त्यो भन्दा तल स्वीकार्य नहुने स्पष्ट गरेका छन् ।

रोनाल्डोको यो अभिव्यक्तिलाई शिर्ष तीनमा नपरेमा उनले अर्को सिजन क्लब छोड्न सक्ने रुपमा ब्याख्या समेत गरेका छन् । रोनाल्डोले सधै जित्न चाहने इच्छाशक्ति देखाउने खेलाडी भएकाले पनि यस सिजनमा म्यानचेस्टर युनाइटेडको समग्र प्रदर्शनबाट उनी खशी देखिएका छैनन् ।

फेब्रुअरी ५ मा ३७ बर्षको हुन लागेका रोनाल्डोले क्लबका खेलाडी र सबैको मानसिकता शिर्ष तीनभन्दा तल नआउने हुनुपर्नेमा जोड दिएका छन् ।

उनले आफु प्रिमियर लिगमा प्रतिष्पर्धा गर्न आएको बताउदै भनेका छन्- 'म यहाँ छैटौं, सातौं वा पाँचौं स्थानमा हुन चाहन्न । म यहाँ जित्ने प्रयास गर्न, प्रतिस्पर्धा गर्न आएको हुँ । मलाई लाग्छ कि हामी प्रतिस्पर्धा गर्छौं तर हामी अझै हाम्रो उत्कृष्ट स्तरमा छैनौं । तर हामीसँग सुधार गर्न लामो बाटो छ र मलाई विश्वास छ यदि हामीले आफ्नो सोच परिवर्तन गर्यौं भने हामी ठूला चीजहरू हासिल गर्न सक्छौं ।'

रोनाल्डोले अन्तर्वार्तामा हालका प्रशिक्षक राल्फ राँगनिकको बारेमा टिप्पणी गर्न भने अस्विकार गरे । उनले भने- 'इमानदार हुन सजिलो छैन । हामीले ओले, त्यसपछि क्यारिक, त्यसपछि यो नयाँ प्रशिक्षक परिवर्तन गर्यौं । यो गाह्रो छ जब तपाईं यति धेरै परिवर्तन गर्नुहुन्छ, यो सधैं कठिन छ ।'

तर रोनाल्डोले अन्तर्वार्तामा नयाँ प्रशिक्षकलाई केहि समय दिनुपर्ने बताएका छन् । उनले भनेका छन्- 'तर म अझै पनि विश्वास गर्छु कि हामी यो सिजन राम्रो गर्न सक्षम छौं । हामीलाई थाहा छ पिचमा नयाँ प्रशिक्षकको विचार बनाउन समय लाग्छ ।'

युनाइटेडका पुर्व प्रशिक्षक ओले गुनार सोलज्करका बारेमा रोनाल्डोले भनेका छन्- 'यो सधैं दु: ख र कठिन कुरा हो । ओले र म पहिले सँगै खेल्थ्यौं र अहिले उनी प्रशिक्षक थिए । एक शानदार व्यक्ति । उनले छोड्दा सबै दुखी थिए, तर यो फुटबलको हिस्सा हो । जब चीजहरू क्लबले चाहेजस्तो हुँदैन, क्लब परिवर्तन गर्नुपर्छ । म निराश थिएँ तर हामीले क्लबलाई बुझ्नु पर्छ । यो गाह्रो थियो ।'

रोनाल्डोले युनाइटेड अहिले राम्रो क्षणमा नभएको बताउदै कडा परिश्रम बाहेक अन्य विकल्प नभएको बताएका छन्।

यस सिजनमा २१ खेल खेलेर १४ गोल गरेका रोनाल्डो शनिबार युनाइटेडले एस्टन भिल्लाविरुद्ध प्रिमियर लिगमा खेल्दै छ ।. 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै