काठमाडौँ । इएफएल कप अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।
गएराती सम्पन्न खेलमा लिभरपुल र आर्सनल गोलरहित बराबरीमा रोकिएका हुन् ।
यस खेलमा खेलको २४ मिनेटमा आर्सनलका ग्रानिट झाखाले रातो कार्ड पाएर मैदान छोड्दा आर्सनल १० खेलाडीमा सिमित भएको थियो । १० खेलाडीमा सिमित आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
अब सेमिफाइनलको दोस्रो लिग जनवरी २० मा हुने छ । इएफएल कपको फाइनलमा चेल्सी यसअघि नै पुगिसकेको छ । चेल्सीले टोटनह्यामलाई पहिलो लिगमा २-० र दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा ३-० को जितसहित फाइनलमा पुगेको हो ।
फाइनल खेल फेब्रुअरी २७ मा हुदै छ ।