• २०८१ बैशाख ६ बिहीबार

काइली जेनरको लोकप्रियता: इन्स्टाग्राममा धेरै फलोअर्स हुने पहिलो महिला बनिन्

kharibot

काठमाडौँ । अहिले सामाजिक सञ्जाल युगमा इन्स्टाग्रामदेखि फेसबुकसम्म सबैजना आफ्ना फलोअर्स बढाउनमा व्यस्त रहेका छन् । यसैबीच मा फ्यान फलोइङका हिसाबले युवा व्यवसायी तथा रियालिटी टिभी स्टार काइली जेनरले उत्कृष्ट काम गरेकी छिन् ।

हालै काइली जेनरको इन्स्टाग्राममा फलोअर्सको संख्या ३० करोड पुगेको छ र काइली यो आँकडा पार गर्ने विश्वकै पहिलो महिला बनेकी छिन्, जसका कारण काइली अहिले सामाजिक सञ्जालमा चर्चामा रहेकी छन् ।

जेनर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्नो कस्मेटिक व्यवसाय ‘काइली कस्मेटिक’ लाई आफ्ना फ्यानहरु माझ प्रवद्र्धन गरिरहेकी छिन् र उनको उत्पादनलाई मानिसहरुले निकै रुचाएका छन् । जेनर अहिले इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने तेस्रो व्यक्तित्व बनेकी छिन् ।

यो सूचीमा पहिलो नम्बरमा इन्स्टाग्रामको आधिकारिक खाता छ, जसलाई ४६० मिलियन मानिसहरूले इन्स्टाग्रामलाई फलो गरेका छन् ।

यसपछि दोस्रो नम्बरमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोलाई इन्स्टाग्राममा ३८९ मिलियन प्रयोगकर्ताले फलो गरेका छन् ।

यस सूचीमा काइली जेनरपछि चौथो नम्बरमा फुटबलर लियोनल मेसी छन् । उनलाई इन्स्टाग्राममा ३० करोड मानिसले फलो गरेका छन् । योसँगै पाँचौं नम्बरमा अभिनेता ड्वेन जोन्सन छन्, जसका २८९ मिलियन फलोअर्स छन् ।

योसँगै महिलाको मात्र कुरा गर्दा काइली सबैभन्दा धेरै फलोअर हुने महिला हुन् र उनको पछि दोस्रो नम्बरमा चर्चित पप गायिका एरियाना ग्रान्डेको नाम आउँछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै