• २०८१ बैशाख ८ शनिबार

राष्ट्र बैंकलाई सुमार्गीको पैसा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब १४ करोड रुपैयाँ नरोक्न अन्तरकालिन आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बाँकी रहेको रकम रोक्नुपर्ने कुनै कानूनी आधार र कारण नदेखिएको भन्दै निवेदकको मागअनुसार तत्काल भुक्तानी गराउन नरोक्नू भन्ने आदेश दिएको हो ।

साथै आदेशमा मंगलबार भएको बहसपछि सर्वोच्चले विषयको गाम्भीर्यताका हिसाबले आगामी फागुन २ गते वृहत्तर छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेशसमेत दिएको छ ।

सुमार्गीको कम्पनि नेपाल सेटलाइट कम्पनीले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै