• २०८१ बैशाख ६ बिहीबार

अल्लु अर्जुनको ब्लकबस्टर फिल्म ‘पुष्पा’ ओटीटीमा रिलिज

kharibot

काठमाडौँ । अभिनेता अल्लु अर्जुनको चर्चित फिल्म ‘पुष्पा पार्ट वान’ को हिन्दी संस्करण अब ओटीटीमा रिलिज भएको छ । मूल रूपमा तेलुगुमा बनेको, यो फिल्मलाई मलयालम, तमिल, कन्नड र हिन्दी भाषाहरूमा डब गरिएको छ ।

अब पुष्पाको हिन्दी  संस्करण अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । फिल्मको हिन्दी संस्करणले अहिलेसम्म बक्स अफिसमा साढे ८१ करोडको कमाई गरिसकेको छ । 

१७ डिसेम्बर २०२१ मा सिनेमा हलमा रिलिज भएको यो फिल्मले भारतका बक्स अफिसमा कैयौं रेकर्ड बनाएको छ । 

भारतीय मिडियाहरुका अनुसार यस फिल्मले भारतमा २५० करोड र विश्वभर कुल ३२६ करोडको कलेक्सन गरेको छ । र अहिले पनि कैयौ ठाउमा हाउसफूलका साथ चलिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना र फहद फासिलको अभिनय रहेको छ ।

आन्ध्र प्रदेश र तमिलनाडुको सीमावर्ती जंगलमा पाइने दुर्लभ रातो चन्दनको तस्करीमा आधारित फिल्म ‘पुष्पा पार्ट वान’ एक दिन भरियाको काम गर्दै नम्बर एक तस्कर बन्ने व्यक्तिको हो । यस फिल्मको दोस्रो भागको पनि यस अघि नै घोषणा गरिएको छ र यसै बर्षको अन्त्यमा रिलिज हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै