• २०८१ बैशाख ५ बुधबार

दुई खेलका लागि ब्राजिलको राष्ट्रिय फुटबल टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । ब्राजिलका प्रशिक्षक टिटेले इक्वेडर र पाराग्वेविरुद्धको विश्वकप छानुत खेल्न २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका छन् । ब्राजिलले २७ जनवरीमा इक्वेडर र २ फेब्रुअरीमा पराग्वेविरुद्ध विश्वकप छनौट अन्तरगतका खेल खेल्दै छ ।

दुई खेलका लागि छानिएको टिममा इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारलाई समावेश गरिएको छैन भने रियल म्याड्रिडबाट खेल्ने युवा खेलाडीहरु रोड्रीगो र भिनिसियस जुनियरलाई मौका दिइएको छ ।

ब्राजिल यसै बर्ष हुने विश्वकपको लागि यस अघि नै छनौट भैसकेको छ । ब्राजिल अहिलेसम्म छनौट खेलमा १३ खेल खेल्दै अपराजित रहदै ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

ब्राजिलको टिम: 

गोलकिपर : एलिसन (लिभरपुल), एडरसन (म्यानचेस्टर सिटी), वेभेरटन (पालमेइराज) ।
डिफेन्डर : मार्क्युईन्होस (पिएसजी), गेब्रियल म्यागाल्हेस (आर्सनल), थियागो सिल्भा (चेल्सी), एडर मिलिताओ (रियल म्याड्रिड) ।
साइड आक्रमण :  इमर्सन रोयल (टोटेनह्याम) डानी आल्भेज (बार्सिलोना), एलेक्स सान्ड्रो (युभेन्टस), एलेक्स टेल्स (म्यानचेस्टर युनाइटेड) ।
मिडफिल्ड: कासेमिरो (रियल म्याड्रिड), फाबिन्हो (लिभरपुल), फ्रेड(म्यानचेस्टर युनाइटेड), गेर्सन (ओलम्पिक मार्सेली), ब्रुनो गुइमारेस (लियोन), फिलिप कोटिन्हो (एस्टन भिल्ला), लुकास पाक्वेटा (लियोन) ।
फरवार्ड: राफिन्हा (लीड्स युनाइटेड), एन्टोनी (अयाक्स), रोड्रिगो (रियल म्याड्रिड), एभर्टन रिबेरो (फ्लेमेन्गो), गाब्रियल जिसस (म्यानचेस्टर सिटी), गाबी (फ्लेमेन्गो), मेथेअस कुन्हा (एट्लेटिको म्याड्रिड), भिनिसियस जूनियर (रियल म्याड्रिड) ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै