• २०८१ बैशाख ७ शुक्रबार

भारत-पाकिस्तान विभाजनको ७४ वर्षपछि दाजुभाईको पुनर्मिलन !

kharibot

काठमाडौँ । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो ।

भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र- भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिएको थियो । विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ । 

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् । सिद्दिकीले विभाजनपिछ भारतको पन्जाबको फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् ।  हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए । 

लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।

फैसलाबाद जिल्लाको बाहिरी भागमा रहेको फुगारन गाउँका बासिन्दा सिद्दिकीले दुई वर्षअघि क्यानडाका सिख समाजसेवीसँग सम्पर्क गरेको बताए । उनले समाजसेवीले दुई दाजुभाइलाई मिलाउन सहयोग गरेको बताए ।

अरू धेरैजस्तै उनीहरूले पनि एकअर्कालाई अहिलेसम्म मरेको ठानेका थिए र सीमापार मानिसहरूलाई एकताबद्ध गर्ने समूहको कारणले मात्र यो भेट सम्भव भएको थियो । दुई वर्ष पहिले एक अर्कालाई भेट्टाए तर महामारीको कारण एकताको लागि कुर्नुपरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै