• २०८१ बैशाख ४ मंगलबार

संखुवासभाको चैनपुर बजारमा शंकास्पद बस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास !

kharibot

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सृजना भएको छ । 

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । 

पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शंकास्पद बस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ । 

उक्त शंकास्पद बस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए । 

चैनपुर–६ गढी डाडाँमा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै