• २०८१ बैशाख ४ मंगलबार

रुबिना क्षेत्री हङकङमा हुने फेयरब्रेक क्रिकेट प्रतियोगितामा सहभागी हुने

kharibot

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री हङकङमा आयोजना हुने फेयरब्रेक इनभाइटेसनल प्रतियोगितामा सहभागी हुने भएकी छन् ।

कप्तान क्षेत्रीले सो प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको नेपाल क्रिकेट संघले जानकारी दिएको हो ।

आइसीसीले स्वीकृत प्रदान गरेको यो प्रतियोगिता आगामी मे १ देखि १५ सम्म हङकङमा हुदै छन् ।

६ टिमले भाग लिने यस प्रतियोगितामा विश्वभरका महिला क्रिकेट खेलाडी सहभागी हुने हङकङ क्रिकेटले जानकारी दिएको छ ।
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै