• २०८१ बैशाख ८ शनिबार

मेसीले पिएसजीको अर्को खेल गुमाए

kharibot

काठमाडौँ । लियोनेल मेसीले पिएसजीको अर्को खेल गुमाएका छन् । कोरोना संक्रमणबात निको भएका मेसी अपेक्षा गरेभन्दा ढिलो खेलका लागि तयार हुदै गरेको देखिएको छ ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टीनोले शनिबार राति हुने ब्रेस्टविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड उपलब्ध नहुने बताएका छन् ।

३४ वर्षीय मेसीले गत आइतबार लियोनविरुद्धको खेल पनि गुमाएका थिए । मेसी अर्जेन्टिनामा घरमै रहेका बेला संक्रमित भएका थिए भने रिपोर्ट निगेटिभ आएपछि पेरिस फर्किएका थिए ।

मेसीले विहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेअका छन्- 'मैले राम्रो हुन अपेक्षा गरेको भन्दा धेरै समय लाग्यो ।'  उनले इन्स्टाग्राममा लेखेका छन्- ‘मैले आजको दिनमा सतप्रतिशत फर्कन ट्रेनिंग गरेको छु । यस वर्ष अगाडि केही धेरै रोमाञ्चक चुनौतीहरू छन् र मलाई आशा छ कि हामी सबैले चाँडै एक अर्कालाई फेरि देख्न सक्नेछौं ।'

पोचेट्टीनोले मेसीलाई टोलीका मेडिकल स्टाफको निगरानीमा राखिएको बताए । क्लबले शुक्रबार भने कि मेसी बिस्तारै अर्को हप्ता टोलीमा सामेल हुने बताएको छ ।

लिगको शिर्ष स्थानमा रहेको पिएसजीले जनवरी २३ मा रेइम्सको सामना गर्दै छ । त्यसपछि अन्तर्राष्ट्रिय ब्रेक हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै