• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलियन सरकारले टेनिस स्टार जोकोभिचलाई हिरासतमा लियो

kharibot

काठमाडौँ । अस्ट्रेलियन सरकारले टेनिस स्टार नोभाक जोकोभिचलाई हिरासतमा राखेको छ । शुक्रबार दोस्रो पटक जोकोभिचको भिसा रद्द गरेको अस्ट्रेलियन सरकारले अदालतमा उनको अपिलमाथि सुनुवाइ हुनु अघि हिरासतमा राखेको बिबिसीले उल्लेख गरेको छ ।

जोकोभिच आफ्नो भिसा दोस्रो पटक रद्द भएपछि फेरी कानुनि लडाई लड्न संघर्षरत रहेका छन् ।

अस्ट्रेलियन सरकारले भने ३४ बर्षिय टेनिससुपरस्टार जोकोभिचले स्वास्थ्यका मापदण्डको पुरा पालना नगरेको र कानुन सबैलाई बराबर हुने भन्दै आफ्नो अडानमा रहेको छ ।

जोकोभिचका वकिलहरूले सुनुवाइका क्रममा सरकारको अतार्किक फैसलाको बिरूद्ध अपील गरिरहेका छन् । 

जोकोभिचले यो अपिल हारेमा उनलाई निर्वासन र तीन वर्षको भिसा प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ ।

शनिबार, अनलाइन प्रक्रियागत सुनुवाइको लगत्तै, जोकोभिकका वकिलहरूले मेलबोर्नमा अध्यागमन अधिकारीहरूले उनलाई हिरासतमा लिएको पुष्टि गरेका छन् ।

अष्ट्रेलियाली सीमा बलका अधिकारीहरूले भ्याक्सिन छुट प्राप्त गर्न "उचित प्रमाण उपलब्ध गराउन असफल भएको" बताएपछि जोकोभिकको भिसा पहिलो पटक जनवरी ६ मा मेलबर्न आउनासाथ भिसा रद्द गरिएको थियो।

उनलाई अध्यागमनको एक होटेलमा हिरासतमा राखिएको थियो, उनले अदालतमा गरेको अपिललाई न्यायाधीशले सदर गरेपछि पनि सीमा अधिकारीहरूले सो प्रक्रियालाई बेवास्ता गरेका थिए ।

तर शुक्रबार साँझ, अध्यागमन मन्त्री एलेक्स हकले अष्ट्रेलियाको माइग्रेसन ऐनमा छुट्टै अधिकार अन्तर्गत जोकोभिकको भिसा फेरि रद्द गरेपछि यो विवाद फेरी बढेको हो ।

यसैबीच अस्ट्रेलियन ओपन अन्तर्गत जोकोभिचले सोमबार अस्ट्रेलियन ओपन खेल्ने तालिका रहेको छ । तर खेल्ने दिन नजिक आउदासम्म पनि उनले यस प्रतियोगितामा खेल्ने टुंगो लागेको छैन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै