• २०८१ बैशाख ४ मंगलबार

राष्ट्रपतिको स्वीकृति बिना बालबालिकालाई खोप अभियान शुरु, बोल्सोनारो भन्छन्- मेरी छोरीलाई खोप लगाउदिन

kharibot

काठमाडौँ । विश्वभर हरेक दिन लाखौंको संख्यामा संक्रमण पुन: देखा परेपछि धेरै देशहरूले कोरोनाविरुद्धको खोप लगाउनेक्रम तीव्र बनाएका छन् । यसैबीच ब्राजिलमा, राष्ट्रपति जैर बोल्सोनारोको आपत्तिको बावजुद बालबालिकाको खोप लगाउन शुरु गरिएको छ । शुक्रबारदेखि ब्राजिलमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन थालिएको हो ।

राज्यका गभर्नर जोआओ डोरियाको उपस्थितिमा साओ पाउलोको एक अस्पतालमा बालबालिकाको खोप सुरु भएको हो । पहिलो खोप आठ वर्षीय डेभी सेरामिवे जाभान्टलाई दिइएको थियो । ब्राजिलका वयस्कहरूका लागि खोप अभियान पनि गत जनवरी २०२१ मा साओ पाउलोमै सुरु भएको थियो ।

ब्राजिलको एन्भिसा स्वास्थ्य अधिकारीहरूले एक महिना अघि बच्चाहरूलाई खोप लगाउनको लागि नयाँ उमेर समूह घोषणा गरेक थिए । ब्राजिलका २ करोड भन्दा बढी बालबालिका फाइजर खोपका लागि योग्य रहेको बताइएको छ । 

राष्ट्रपति बोल्सोनारोले फेरि भने- म ११ वर्षीया छोरीलाई खोप लगाउने छैन

यता राष्ट्रपति बोल्सोनारोले भने खोपको आलोचना जारी राखेका छन् । उनले बालबालिकाको खोपको पनि विरोध गरिरहेका छन् । अब उनले आफ्नी ११ वर्षीया छोरीलाई खोप नदिने बताएका छन् । बोल्सोनारो सुरुदेखि नै खोपको विरुद्धमा छन् ।

केही महिनाअघि अमेरिकाको एउटा रेस्टुरेन्टले उनलाई खोपको प्रमाणपत्र नभएको कारणले प्रवेश दिएको थिएन । यसमा उनले आफूलाई भ्याक्सिन नचाहिने, कोरोनासँग लड्न आफ्नो प्रतिरोधी क्षमता बलियो रहेको बताए । राष्ट्रपतिले बालबालिकालाई खोप लगाउन स्वीकृत गर्नेको नाम पनि मागेका छन् ।

अर्कोतर्फ स्वास्थ्य अधिकारीहरूले राष्ट्रपतिको यो भनाइलाई फासीवादी भनेका छन् । प्राधिकरणले आफ्ना कर्मचारीलाई हुने खतरालाई मध्यनजर गर्दै सुरक्षाको माग गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा कोभिडका कारण ६ लाख २० हजारको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ३ सय बालबालिका रहेका छन् ।

नोभेम्बरमा ओमिक्रोन भेरियन्ट देखा परेदेखि महामारी नयाँ रूपमा फैलिरहेको छ। बिहीबार दैनिक केसहरू बढेर १ लाख नाघेको छ, जुन दुई हप्ता अघि मात्र ६००० थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै