• २०८१ बैशाख ७ शुक्रबार

नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्य

kharibot

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र बुद्ध एयरबीच सहकार्य भएको छ । 

गैह्र आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आज एक सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्यको थालनी गरेका छन् । 

नेपालीहरुले अब उपचारको लागि विदेश जानु नपर्ने र संसारमा उपलब्ध सम्पूर्ण सेवा एवं सुविधालाई नेपाल मेडिसिटीमा उपलब्ध गराई नेपालमा मेडिकल टुरिजमको विकास गर्ने अभियानमा आफूहरु लागेको अध्यक्ष डा. उपेन्द्र महतो बताए । 

नेपाली आकाशमा लामो समय देखि सुरक्षित र भरपर्दो सेवा दिईरहेको बुद्ध एयरसँगको सहकार्यले आगामी दिनहरुमा आन्तरिक तथा बाह्य पर्यटकले समेत नेपाल मेडिसिटीको सेवा उच्च प्राथमिकताका साथ सुलभ उपचार सेवा पाउने छन् । 

नेपाल मेडिसिटी अस्पतालको सेवा तथा सुविधाबाट आम नेपालीहरुले स्वास्थ्यको क्षेत्रमा ठूलो लाभ लिन सक्ने र नेपालको स्वास्थ्यको क्षेत्रमा मेडिसिटी एउटा कोशे ढुंगाको रुपमा रहने विश्वास ब्यक्त गर्दै बुद्ध एयरका कार्यकारी निर्देशक बस्नेतले स्वास्थ्यको क्षेत्रमा बृहत अवधारणा सहित आएको यस मेडिसिटीसंगको सहकार्यले बुद्ध एयर परिवार तथा यात्रुहले राम्रो सेवा प्राप्त गर्ने बताए । 

कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नवनियुक्त महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाली वायु उड्डयन क्षेत्रका ख्यातीप्राप्त बुद्ध एयर र स्वस्थ्य नेपालको परिकल्पना बोकेको नेपाल मेडिसिटी बीचको सहकार्यले नेपाली आकाश र स्वास्थ्यमा एउटा भरपर्दो आशा जगाएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वास्थ्य पर्यटन र सुरक्षित एवं भरपर्दो स्वास्थ्य सेवाको यस अभियानमा सहयोग गर्ने बताए । 

७ सय ५० शैयाको अत्याधुनिक यस नेपाल मेडिसिटी अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय तथा भरपर्दो बनाउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पूर्णकालीन रुपमा ब्यवस्थित गरेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउदै पूर्वाधार, प्रविधि र जनशक्तिको उत्कृष्ट ब्यवस्थापनले गर्दा नेपाली तथा विदेशीहरुको मन जित्न सफल भएको जानकारी गराए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै