• २०८१ बैशाख ८ शनिबार

विराट कोहलीले छोडे टेस्ट टिमको पनि कप्तानी

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट टिमको कप्तानबाट राजीनामा दिने घोषणा गरेका छन् । विराट कोहलीले ट्वीटर मार्फत टेस्ट टिमको कप्तानी छोडेको जानकारी दिएका हुन् ।

केही समयदेखि विराट कोहली र बीसीसीआईबीच कप्तानलाई लिएर विवाद भएको थियो । विराट कोहलीले गत वर्ष भएको टी–२० विश्वकपअघि भारतको टी–२० टोलीको कप्तानी छाड्ने घोषणा गरेका थिए ।

त्यसपछि उनको स्थानमा एकदिवसीय टोलीको कप्तानी रोहित शर्मालाई सुम्पिएको थियो । कोहलीले कप्तान परिवर्तनको निर्णय घोषणा हुनुभन्दा डेढ घण्टाअघि मात्रै जानकारी गराएको बताएका थिए । विराट कोहलीको यो भनाइलाई लिएर विवाद सुरु भएको छ ।

विराट कोहलीको कप्तानीमा भारतले दक्षिण अफ्रिकाविरुद्ध अन्तिम टेस्ट सिरिज खेलेको थियो। यो शृङ्खला शुक्रबार सकिएको छ । केप टाउन टेस्टमा भारत ७ विकेटले पराजित भएको छ ।

कप्तानको रूपमा अन्तिम टेस्ट सिरिज हारेपनि कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन् । उनले ६८ टेस्ट खेलमा भारतको कप्तानी गरेका थिए भने ४० खेलमा टोलीलाई जित दिलाएका थिए । विराट कोहलीको कप्तानीमा भारतीय टोलीले पहिलो पटक अष्ट्रेलियामा टेष्ट सिरिज जितेको थियो । उनीपछि महेन्द्र सिंह धोनी रहेका छन् । धोनीले ६० टेस्ट खेलमा भारतीय टोलीको कप्तानी गरेका थिए भने २७ खेल जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै