• २०८१ बैशाख ६ बिहीबार

लिपुलेक विवादबारे भारतको स्पष्टीकरण

kharibot

काठमाडौँ । भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ ।

भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे यहाँस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ । 

दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो धनिष्ठ तथा मैत्री सम्बन्धको भावनाका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ ।

भारतीय दुताबासको विज्ञप्ति: 

भारत–नेपाल सीमा विवादमा नेपालमा हालै आएका समाचार र वक्तव्यका सम्बन्धमा सञ्चारमाध्यमको जिज्ञासाको जवाफमा दूतावासका प्रवक्ताले जवाफ:

१) भारत-नेपाल सीमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ र यस बारेमा नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

२) स्थापित अन्तर-सरकारी संयन्त्र र च्यानलहरू सञ्चार र संवादका लागि सबैभन्दा उपयुक्त छन् भन्ने हाम्रो धारणा छ । पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् ती हाम्रा घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा सधैं सम्बोधन गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै